Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले एफपीओ निष्काशन गर्ने

मंगलबार, १९ मंसिर २०७४, १२ : १७ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले एफपीओ निष्काशन गर्ने

अर्थ संसार, कामठाडौं– इन्स्योरेन्स कम्पनीले  फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले एफपिओ निष्काशन गर्ने अनुमति दिएको छ ।

कम्पनीले फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँमा एफीओ बिक्री गर्ने अनुमति पाएको हो ।

प्रिमियरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर जारी गर्न लागेको हो ।  इन्स्योरेन्स ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो ।

एनएमबि क्यापिट बिक्री प्रबन्धक

प्रिमियर इन्स्योरेन्सको एफपिओ निष्काशन गर्न कम्पनीले एनएमबि क्यापिट बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्काशनको मिति भने कम्पनीको बोर्ड सदस्यहरुको बैठले तय गर्ने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको