अर्थ संसार , काठमाडौं– नबिल बैंकका सिइओ शशिन जोशीले राजीनामा दिएका छन् । ०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरिसकेको छ ।
जोशीको फागुन ५ गतेदेखि लागू हुनेगरि राजीनामा स्वीकृत भएको नेप्सेले जनाएको छ ।

अब कुन बैंकमा ?
बैकिङ क्षेत्रमा आफ्नो छट्टै स्थान बनाउन सफल व्यक्ति हुन शशिन जोशी । शोजीले बैकिङ क्षेत्रमा ३२ बर्ष पुरा गरिसकेका छन् ।
साढे १२ बर्ष एनआइसी एसियामै प्रमुख कार्यकारी भएका जोशीले अब कुन बैंक समाल्ने हो, अहिले आम लगानीकर्ताको विषय बनेको छ । त्यो भने फागून ५ गतेपछि मात्र थाहा हुनेछ ।
उपेन्द्रप्रसाद पौडेललाई नियुक्त
नबिल बैंक लिमिटेडको सञ्चाल सदस्यमा उपेन्द्रप्रसाद पौडेललाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिले उनलाई सञ्चालकमा नियुक्त गरेको नेपाल स्टक एक्चेन्जले उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस