Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

अर्थ संसार

बुधबार, १२ असार २०८१, ०९ : ३२ मा प्रकाशित

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । 

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको