Like us!
Follow us!
Connect us!
Watch us!

भन्सारमा लगाइएको कर वृद्धिको विरोध गर्दै सडकमा उत्रिए सुनचाँदी व्यवसायी

अर्थ संसार

बुधबार, १२ असार २०८१, १३ : २२ मा प्रकाशित

भन्सारमा लगाइएको कर वृद्धिको विरोध गर्दै सडकमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । बुधवार उनीहरुले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् । 

व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन  गरेका थिए । अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी)सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् । 

यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको