Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

अर्थ संसार

बुधबार, १२ असार २०८१, १४ : २० मा प्रकाशित

मन्त्रीले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधवार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् । 

उनले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन आवश्यक रहेको बताए । 

उनले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवा ग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । उनले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरू मानिसहरू कमी देखिएको बताए ।

मन्त्री अर्यालले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको