Like us!
Follow us!
Connect us!
Watch us!

फिल्ली क्याफेः अन्तराष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

अर्थ संसार

बुधबार, १२ असार २०८१, १६ : ०३ मा प्रकाशित

फिल्ली क्याफेः अन्तराष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ । पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै लाजिम्पाट लगायत ठमेल, बौद्ध तथा लबिम मल – पुलचोकमा गरी आफ्नो ४ आउटलेटहरु बिस्तार गरी एक कार्यक्रमका बीच फिल्ली क्याफेको औपचारीक उद्घाटन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी रहिफ फिल्ली –संस्थापक, सिईओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नविन खड्का र ध्रुब  रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, बिशेष अतिथी महानायक राजेश हमाल, बिशेष अतिथी क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

फिल्ली क्याफेले चियाको पारखीहरुका लागि ४ ओटा शाखाहरु मार्फत सेवा सञ्चालनमा ल्याएको छ । चााडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा बिस्तार सहित आगामी ५ बर्षमा नेपाल अधिराज्यभर २५ ओटा भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए ।

युवाहरु बिदेशीने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटि बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्य सहित दक्ष जनशक्ति र सिप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ । यस बाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्ब रिजालले बताए ।

बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफनै विशेष स्वाद पस्कदै ग्राहकहरुको मन जित्न सफल भएको छ । जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफु यस क्याफेको रेगुलर ग्राहक भएको बिशेष अतिथि महानायक राजेश हमालले बताए ।


साथै फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ । आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्य पूर्वी खानाका स्वादहरुलाई पूरा गर्दछ । यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ ओटा देशहरुमा आफ्नो बलियो उपस्थितिको साथ अहिले नेपालमा ४ ओटा शाखा सहित सञ्चालनमा रहेको फिल्ली क्याफे संसारभरि एक प्रसिद्ध र प्रिय चिया ब्रान्डको रुपमा परिचित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको