Like us!
Follow us!
Connect us!
Watch us!

सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०८ : ४४ मा प्रकाशित

सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि

प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।  

हिजो भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका  ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बन्नुभएको बनेका हुन् ।  

विजेता घोषित भएसँगै उनले नगद  पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने । 
 
योसँगै कमेडी च्याम्पियन ग्राण्ड फाइनल बिजेता खड्काले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन् । 

कार्यक्रममा कमिडी च्याम्पियनका विजेतालाई सिजी मोटरको लोकप्रिय ब्राण्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ । साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने  समेत प्रतिबद्धता जाहेर गरेका छन्।

कमिडी च्यापियनको ग्राण्ड फाइनल विजेतालाई प्रदान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो । क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ लोकप्रिय छ ।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको