Like us!
Follow us!
Connect us!
Watch us!

तारा एयरको जहाज हराएको भन्दै भ्रमपूर्ण सूचना भाइरल

अर्थ संसार

सोमबार, १७ असार २०८१, १५ : २७ मा प्रकाशित

तारा एयरको जहाज हराएको भन्दै भ्रमपूर्ण सूचना भाइरल

सामाजिक सञ्जालमा तारा एयरको जाहाज दुर्घटनामा परेको भनेर फैलाइएको सूचना गलत र भ्रमपूर्ण रहेको बताइएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले उड्डयन क्षेत्रमा तरङ्ग नै ल्याएको हो । 

बिमान हराएको भन्दै सामाजिक सञ्जालमा हल्ला भएपछि प्रवक्ता प्रकाश पौडेलले गलत सूचना फैलाइएको भन्दै फेसबुक मार्फत प्रष्ट परेका छन । उनले भनेका छन, ‘पोखरा बाट जोमसोमको लागि जहाज दिनमा उडदैन र अहिले ताराको जहाजको जोमसोममा उडान छैन । सामाजिक संजालमा फैलिएको हल्ला हो ।’

तारा एयर, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं कार्यालय तीनै ठाउँबाट ताराको जहाज आज सम्पर्कविहीन भएको पुष्टि भएको छैन । ती कार्यालयका अनुसार ताराका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगन्जमा छन् । आज पोखरा जोमसोम उडान नै छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको