Like us!
Follow us!
Connect us!
Watch us!

युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा

अर्थ संसार

बुधबार, १९ असार २०८१, १६ : १६ मा प्रकाशित

युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा

जारी युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन् ।

राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो ।

अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ ।

अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुदै छन् ।
                       

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको