Like us!
Follow us!
Connect us!
Watch us!

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

अर्थ संसार

बुधबार, २६ असार २०८१, १२ : १५ मा प्रकाशित

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल गरेका छन् ।

तलब र अन्य सुविधा वृद्धिको माग गर्दै युनियनले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हो । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो ।

आफ्ना माग सुनुवाइ गर्न तयार व्यवस्थापन तयार नभएपछि हडतालजस्तो अप्रिय निर्णय लिन बाध्य भएको युनियनको भनाइ छ ।

सामसुङले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ,’ युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा उललेख छ ।

एनएसईयूले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ । युनियनको हडतालले उत्पादन अवरुद्ध भएको दाबी गरिएको छ । तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ ।

गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा हडताल भएको यो पहिलो पटक हो ।

सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको