Like us!
Follow us!
Connect us!
Watch us!

खुम्बुमा ११ महिनामा पुगे ५५ हजार बढी पर्यटक

अर्थ संसार

विहीबार, २७ असार २०८१, १० : ३६ मा प्रकाशित

खुम्बुमा ११ महिनामा पुगे ५५ हजार बढी पर्यटक

चालू आव ०८०/८१ को ११ महिनामा ५५ हजार ९७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन्। 

गत साउनदेखि यही जेठ मसान्तसम्म यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। 

निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४०२ जना विदेशी र ७ हजार ५७७ जना नेपाली छन्।

यो वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९७६ जना र सबैभन्दा कम साउनमा २०८ जनाले खुम्बुक्षेत्र भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए। 

वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ। चालू आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय राजस्व संकलन गरेको छ। 

निकुञ्जले पर्यटक शुल्कबापत नेपालीसँग १ सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ।  सो अवधिमा ७ हजार ५७७ जना नेपाली, ६ हजार ३०८ जना सार्क मुलुकका र ४२ हजार ९४ जना अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको