भाडाका सवारीसाधनमा यात्रु टिकट अनिवार्य गर्ने निर्णय भएको छ ।
आज बिहान नारायणगढ(मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।
‘अब भाडाका सवारीसाधन चढ्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने र सञ्चालकले पनि टिकट नदिई चढाउन नपाउने निर्णय भएको,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल भने, ‘हाम्रो माग पनि यहि हो । दुर्घटना भएपछि को को थिए भन्ने पत्तो भएन ।’ उनले बीमाका लागि पनि टिकट चाहिने बताए ।
बैठकमा गृह मन्त्रालयले वर्खामा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा छलफल हुदा रेड जोन जारी भएका जिल्लामा गाडी सञ्चालन नगर्ने निर्णय भएको छ ।
‘कुनै ठाउँमा पहिलो जाँदा देशभर नै रात्रि बस रोक्ने भन्ने हुँदैन । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा रोक्ने र त्यहाँ गाडी रोक्ने भएको छ ।’ सिटौलाल भने
नारायणगढ मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनका विषयमा छलफल भएको थियो । शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो । चालकसहित ६० जनाभन्दा बढी बेपत्ता भएपछि खोजिकार्य जारी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस