Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पेनिङ मिल्सको आईपीओबारे अदालतले दिएको आदेशको स्वागत

अर्थ संसार

शनिबार, २९ असार २०८१, १४ : २२ मा प्रकाशित

रिलायन्स स्पेनिङ मिल्सको आईपीओबारे अदालतले दिएको आदेशको स्वागत

सेयर बजारमा क्रियाशिल चार ओटा लगानीकर्ताको संघले पाटन उच्च अदालतले  रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न दिएको अल्पकालिक अन्तरिम आदेश को स्वागत गरेका छन् ।

जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको निर्णयको स्वागत गरेका हुन् । 

उक्त ४ संघकै सक्रियतामा उच्च अदालत पाटनमा हरिबहादुर र खुसलराम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर मिल्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेको लगायतका विषयहरू उठाउँदै आईपीओ निष्कासन रोक्न निवेदन दिएका थिए । उक्त निवेदन उपर अदालतले अन्तरिम आदेश दिएको थियो । 

‘विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएकोमा सम्मानित न्यायालय र अन्य सहयोगी संस्थाहरू तथा सेयर लगानीकर्ताहरू र पत्रकारहरू प्रति आभार व्यक्त गर्दछौं र यसबाट सर्वसाधारण लगानीकर्ताहरू ठगिनबाट बचाउन सफल भएका छौं ।’, विज्ञप्तिमा भनिएको छ । 

उक्त ४ संगठनले संसद्को सार्वजनिक लेखा समितिले देखाएको सक्रियताप्रति पनि धन्यवाद र आईपीओ रोक्नको लागि धितोपत्र बोर्डले लिएको निर्णयलाई स्वागत समेत गरेको छ ।

 ‘बोर्डले आगामी दिनमा कम्पनीका कमीकमजोरीहरूलाई गहन विश्लेषण गरी सेयर निष्कासनको लागि अनुमति दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

66923df3226e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको