Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शुक्रबार, २२ मंसिर २०७४, २१ : ४१ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौँ– नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको रु १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताउनुभयो । खाना पकाउने एलपी ग्यासको भने रु एक हजार ३५० मूल्य कायम गरिएको छ ।

यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको