Like us!
Follow us!
Connect us!
Watch us!

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

अर्थ संसार

आइतबार, ३० असार २०८१, ०८ : १९ मा प्रकाशित

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । 

पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिलाई घंतास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको