Like us!
Follow us!
Connect us!
Watch us!

सनसिल्कसँग क्रिएटर अनर्स

अर्थ संसार

आइतबार, ३० असार २०८१, १६ : ०६ मा प्रकाशित

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई ‘स्पट लाइट’ गर्ने एक जीवन्त अवार्ड ‘सनसिल्क प्रिजेन्ट्स क्रिएटर अनर्स’ प्रस्तुत गरेको छ ।

यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ ।

क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो । उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको बताइएको छ ।

यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दियो । सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिसनलाई जोड दिने बताइएको छ । दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिबद्धता साझा गर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको