Like us!
Follow us!
Connect us!
Watch us!

एनवाइफ ललितपुरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति गठन

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ०८ : ०१ मा प्रकाशित

एनवाइफ ललितपुरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति गठन

नेपाली युवा उद्यमी मञ्च (एनवाइफ) ललितपुरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।  श्रावण १ गते सम्पन्न भएको साधारण सभाले नयाँ अध्यक्ष र कार्यसमिति सदस्यहरु चयन गर्दै हिल्टन होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। 

एनवाइफ नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध संगठन हो। एनवाइफ ललितपुर च्याप्टरको भिजन मिसन र उद्देश्य भनेको युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने रहेको छ। संगठनले युवाहरुको सीप र क्षमताको उत्कृष्ट प्रयोग गर्दै युवा उद्यमीहरूको विकास गर्न र उपलब्ध सञ्जाल र स्रोतहरूको उत्कृष्ट उपयोग गरी देशको आर्थिक मूल्य र वृद्धिलाई सशक्त बनाउने उद्देश्य राखेको छ। 

साथै,नेपालभरका युवा उद्यमीहरूको विकास गर्ने तथा व्यापार मञ्च सिर्जना गर्ने र थप रोजगारीका अवसरहरू सृजना गर्ने  एनवाइफ अगाडी बढेको छ। 

साधारणसभाका प्रमुख अतिथि रुपमा पूर्व खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित थिए। एनवाइफ ललितपुरका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले नवनियुक्त अध्यक्ष नीतु श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। नीतु श्रेष्ठ एनयस बाइ जेनी फेसनकी संस्थापक हुन्। उनी एक गतिशील र दूरदर्शी युवा उद्यमी हुन् जसले होटल उद्योग र फेसन उद्योगमा विविध व्यवसायिक अनुभव र विशेषज्ञता हासिल गरेकी छिन्। 

उनी आगामी एक वर्ष २०२४/२५ को लागि एनवाइफ ललितपुर च्याप्टरको अध्यक्ष हुने छिन्। उनी एनवाइफ ललितपुर शाखाबाट पहिलो महिला अध्यक्ष हुन्। उनको साथमा एल्विस रञ्जितलाई पहिलो उपाध्यक्ष र अनुकुल श्रेष्ठ दोस्रो उपाध्यक्षमा नियुक्त भएका छन्। 

नव निर्वाचित कार्यसमिति सदस्य यस प्रकार रहेको छ :
सुश्री नीतु श्रेष्ठ: अध्यक्ष 
श्री एल्विस रंजित: प्रथम भिपी 
श्री अनुकुल श्रेष्ठ: दोस्रो भिपी 
श्री जश श्रेष्ठ: नवनियुक्त निर्वाचन इसी सदस्य 
श्री शिखर पाण्डे: इसी सदस्य 
श्री निशान ढकाल: इसी सदस्य 
श्री प्रकिरण श्रेष्ठ: इसीसदस्य 
श्री नीरज अग्रवाल: ईसी सदस्य 
श्री अशङ्क सजब राणा: इसी सदस्य 
सुश्री पलास जोशी: नवनियुक्त ईसी सदस्य 

एनवाइफका कुल सदस्यहरू नेपालभर १३ जिल्ला र ७ प्रदेशमा ८०० भन्दा बढी छन्। एनवाइफले नेपालभर ४०,००० भन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ। 

एनवाइफले आगामी वर्षहरूमा नेपालका सबै जिल्लाहरूमा अझ ठूलो र राम्रो विकास गर्न तत्पर छ।

66987bd30f850.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको