Like us!
Follow us!
Connect us!
Watch us!

महिला–युवा उद्यमी सम्मेलन वैशाख १० गते, १५० बढी उद्योगी व्यवसायी उपस्थित हुने अपेक्षा

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १३ : ५७ मा प्रकाशित

महिला–युवा उद्यमी सम्मेलन वैशाख १० गते, १५० बढी उद्योगी व्यवसायी उपस्थित हुने अपेक्षा

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रवद्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । 

यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ । सोही अन्तर्गत यही वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यक्रमको आयोजना गरिने भएको छ । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहनेछ । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रमको नारा “Beyond Barriersˮ राखिएको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यक्रमको प्रायोजन गरी कार्यक्रम सफल बनाइनेछ । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नेछन् ।

महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेतको सहभागी रहनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको