Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली युवा उद्यमी मञ्चकाे साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १३ : ५७ मा प्रकाशित

नेपाली युवा उद्यमी मञ्चकाे साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

नेपाली युवा उद्यमी मञ्च (NYEF) को १८औं वार्षिक साधारण सभा आषाढ १७ गते काठमाडौंको नक्सालस्थित मेरिएट होटलमा सम्पन्न भएकाे छ । १८औं सभाको मुख्य विषयवस्तु “Enhanceˮ रहेको थियो । निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको थियो जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नु रहेको थियो । यसैगरी कार्यक्रमहरुलाई परिष्कृत गर्दै मान्यता सिर्जना मार्फत सदस्यहरुको सन्तुष्टी अभिवृद्धि गरी टीमको बलबाट सन् २०२५ को लक्ष्य प्राप्ति गर्नु रहेको छ ।

उक्त कार्यक्रमको उद्घाटन माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त कार्यक्रममा मुख्य अतिथी प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषदको समेत गठन गरिएकाे छ ।

१. रितेश लामिछाने – अध्यक्ष
२. उदीप श्रेष्ठ – निवर्तमान अध्यक्ष
३. सहारा जोशी – प्रथम उपाध्यक्ष
४. कुशल सुन्दर श्रेष्ठ – द्वितीय उपाध्यक्ष
५. निभिता प्रधान – महिला उपाध्यक्ष
६. सुदिप घिमिरे – कार्यकारी सदस्य
७. ऋचा श्रेष्ठ – कार्यकारी सदस्य
८. कृष्ण सापकोटा – कार्यकारी सदस्य
९. पवित्रा गौतम – कार्यकारी सदस्य
१०. आभुषण ज्योति कंसाकार – कार्यकारी सदस्य
११. पुनित बैद्य – कार्यकारी सदस्य

सो अवसरमा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नव निर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२–२३ को लागि आफ्ना विचारहरु राखे र यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौँमा बृहत Made in Nepal प्रदर्शनी गर्ने प्रतिवद्धता जनाएका छन् । साथै अन्य सदस्यहरुले युवाहरु माझ उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको