Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा ३३ करोड रुपियाँ लगानी गर्दै वैदेशिक रोजगार बोर्ड

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १२ : १६ मा प्रकाशित

मुद्दती निक्षेपमा ३३ करोड रुपियाँ लगानी गर्दै वैदेशिक रोजगार बोर्ड

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

बोर्डले एक वर्षे अवधिका लागि ३३ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

वैदेशिक रोगार कल्याणकारी कोषका विभिन्न बैंकको मुद्दती खातामा रहेको रकम यही साउन ११ गते परिपक्व हुँदैछ । सो रकम पुनः लगानी गर्ने बोर्डले जनाएको छ । 

 

मुद्दती निक्षेपमा लिन इच्छुक राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम तथा सोको ब्याजदरलगायत अन्य विवरण खुलाई साउन ९ गतेसम्म बोर्डको सचिवालयमा गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । 

6698b72824d26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको