Like us!
Follow us!
Connect us!
Watch us!

६२ अर्ब पुग्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता,लाभांशमार्फत बाहिरिने रकममा भारी गिरावट

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १३ : ४० मा प्रकाशित

६२ अर्ब  पुग्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता,लाभांशमार्फत बाहिरिने रकममा भारी गिरावट

गत आर्थिक बर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०-८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो । 

उद्योग विभागका अनुसार गत आवमा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०-८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो । 

अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । 

गत आवमा आव २०७९-८० को तुलनामा २३ अर्ब ५० करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको हो । सरकारले गत वैशाख दोस्रो साता गरेको लगानी सम्मेलनसँगै बजेटमार्फत गरिएको नीतिगत सुधारले विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको हो । गत आवको असार महिनामा मात्र ४८ वटा परियोजना १७ अर्ब ४८ करोड ४७ लाख २० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । असारमा एउटा जलविद्युत् परियोजनामा १३ अर्ब लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।  

नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले लैजाने नाफा अर्थात् लाभांश गत आवमा भने घटेको छ । उनीहरुले समीक्षा बर्षमा १० अर्ब सात करोड ८२ लाख रुपियाँ लाभांश लगेका छन् । त्यो अघिल्लो आवको तुलनामा २७.२० प्रतिशतले कम हो । गत आवमा उनीहरुले १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपियाँ लाभांश लगेका थिए । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले नेपालका अधिकांश व्यापार व्यावसाय प्रभावित भएका छन् । 

विदेशी लगानीकर्ताले रोयल्टीबापत २  अर्ब ७९ करोड पाँच लाख १६ हजार लगेका छन् । यसैगरि डलरमा एक करोड नौ लाख ३७ हजार रोयल्टी लगेको तथ्यांकमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको