Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच सम्झौता

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १४ : ५२ मा प्रकाशित

नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच सम्झौता

नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेकाछन् ।

सहमतिपश्चात् नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालय तथा मर्चेण्टको कार्यालयमार्फत नयाँ डिम्याट खाता खोलेका वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताले हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा छूट पाउने भएका छन् । ‘एनएसएमबीएल एक्सक्लूसीभ हेल्थ चेकअप प्याकेज’अन्र्तगत औसतमा ४० प्रतिशतसम्म छूट प्रदान गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको