नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपियाँ नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मकाे प्रतिवेदनअनुसार गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपियाँ थियो । असार मसान्तसम्म आइपुग्दा एक खर्ब ३४ अर्ब ६८ करोड रुपियाँ थपिई कुल २४ खर्ब ३३ अर्ब पुगेको हो ।
कार्यालयका अनुसार असार मसान्तसम्म आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड (जीडीपीको २०.७० प्रतिशत) र बाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड (जीडीपीको २१.९५ प्रतिशत) रुपियाँ ऋण रहेको छ ।
सरकारले गत आवमा कुल ४ खर्ब ५२ खर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये असार मसान्तसम्म जम्मा ३ खर्ब ५८ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल ऋण प्राप्ति ७९.०८ प्रतिशत, आन्तरिक ९७.६८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको कार्यालयको तथ्यांक छ ।
त्यसैगरी असार मसान्तसम्म सरकारले आन्तरिकतर्फ सावाँ–ब्याज गरी दुई खर्ब ५५ अर्ब ३९ करोड र बाह्यतर्फ ४९ अर्ब ९८ करोड रुपियाँ गरी कुल ३ खर्ब ५ अर्ब ३७ करोड रुपियाँ भुक्तानी गरेको कार्यालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस