Like us!
Follow us!
Connect us!
Watch us!

'फोन पे'को 'फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान, विजेतालाई ‘आइफोन १५ प्रो’ जित्ने मौका

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १४ : ४२ मा प्रकाशित

'फोन पे'को 'फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान, विजेतालाई ‘आइफोन १५ प्रो’ जित्ने मौका

फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । 

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो । यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् ।

यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई ‘आइफोन १५ प्रो’ दिने मेगा उपहार योजना रहेको फोन पेले जनाएको छ ।

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले ‘फोन पे डिरेक्ट’ बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘फोन पे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर ‘फोन पे डिरेक्ट’ मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘हामी ‘फोन पे डिरेक्ट’ पैसा पठाऔँ ठाउँ को ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं । यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।’

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो। फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्ने जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको