Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, १२ : ११ मा प्रकाशित

ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।'

ट्रम्पले अगाडी भनेका छन्- 'आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन्। उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौं ।'

८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको