लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो ।
केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए । पाण्डे ६ दशकभन्दा बढी अवधि पर्यटन र होटल व्यवसायमा सक्रिय थिए ।
पारिवारिक स्रोतका अनुसार पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिने छ । त्यसपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस