अर्थ संसार, सुर्खेत– कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका छन् ।
खड्कालाई ३ हजार ३ सय ८२ अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी भएका हुन् । खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए ।
कूल खसेको ७२ हजार ८ सय ८३ मध्ये १५९४ मत बदर भएको थियो । पूर्वी सुर्खेतमा पर्ने यस क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाका दुई वडा, भेरीगंगा, लेकवेशी, गुर्भाकोट नगरपालिका तथा सिम्ता र चिंगाड गाउपालिका पर्दछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस