अर्थ संसार, चितवन- जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गर्नुभएको छ । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गर्नुभएको हो । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो ।
यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा ९१० मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी हुनुभएको छ ।
उहाँले २३ हजार ४११ मत प्राप्त गर्दा उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै प्रदेशसभा ९२० मा माओवादी केन्द्रका रामलाल महतो विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गर्नुभएको छ । महतोले २५ हजार ६१ मत प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गर्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस