Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने

सोमबार, २५ मंसिर २०७४, १२ : २२ मा प्रकाशित

ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

मंसिर २४ गते बसेको संचालक समितिको बैठेकले यस्तो निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख ६३ हजार ४२० रुपैयाँ बोनस वापत वितरण गर्नेछ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत पश्चात बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीको पाउनेछन् । ज्योतिको चुक्ता पूँजी २ अर्ब २० करोड छ ।

क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरेको बैंकको चुक्तापूँजी दुई अर्ब ३६ करोड पुगेकोे छ ।

राप्तीभेरीलाई प्राप्ति (एक्विजिसन) गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो ।

तत्कालीन राप्तभेरी विकास बैंकका सेयरधनीलाई बैंक संचालक समितिले यसअािघ नै ६ प्रतिशत अर्थात एक करोड ६ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांस बैंकको साधारणसभाले पारित गर्न बाँकी छ ।

5a2e2854ba247.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको