अर्थ संसार, काठमाडौं– कञ्चन डेभलपमेण्ट बैंकले मङ्सिर १५ देखि लिलामीमा ल्याएको अवितरित हकप्रद सेयरमा शिलबन्दी पेश गर्ने मंगलबार (आज) अन्तिम दिन रहेको छ ।
कञ्चनले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद निष्काशन गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १४ हजार ५ सय ६५ कित्ता सेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
यस सेयरको न्यूनतम मूल्य १ सय तोकिएको हुदा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।
न्यूनतम एक सय कित्ता र अधिकतमका लागि भने कुनै हद राखिएको छैन । हकप्रद खरीदका लागि विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको विरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज र सुर्खेत तथा कञ्चन डेभलपमेण्ट बैंकको धनगढी शाखाबाट बोलपत्र बुझाउन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस