Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ मिल्यो भन्ने चर्चा छ: प्रकाशशरण महत

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १६ : ०३ मा प्रकाशित

बजारमा अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ मिल्यो भन्ने चर्चा छ: प्रकाशशरण  महत

पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले  महतले अर्थमन्त्री र  गभर्नरबीच ट्युनिङ मिलेको चर्चा चलिरहेको बताएका छन् ।
शुक्रबार अर्थसमिति बैठकमा बोल्दै महतले  आफू अर्थमन्त्री हुँदा गभर्नरलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताउँदै अर्थ मन्त्रालयसँग गभर्नरको समन्वय हुनु्पर्ने र सरकारको कुरा कति सुन्ने भन्ने उनमा भर पर्ने बताए ।

‘सामान्यतया गभर्नरलाई स्वतन्त्र रुपमा काम गर्न दिएको हो । कहिले उहाँले सुनेको अवस्था हो भने कहिले नसुनेको अवस्था हो । यो गभर्नरको कुरा हो के गर्ने भन्ने,’ महतले भने, ‘ म हुँदा धेरै पछि सुनियो । अहिले मौद्रिक नीति धेरै खुकुलो भएको छ । बजारमा अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ मिलेको कुरा आएको छ ।’

धेरै प्रयासपछि मात्र गभर्नरलाई आफ्नो कुरामा सहमत गराउन सकेपछि मौद्रिक नीति केही लचिलो आएको र सेयरबजार १८ सयबाट २२ सयसम्म पुगेको उनले बताए ।

मौद्रिक नीति कहिले धेरै खुकुलो त कहिले धेरै कसिलो हुने समस्या रहेको र यसले अर्थतन्त्रमा समस्या पारेको उनले बताए । धेरै खुकुलो मौद्रीक नीति आउँदा परिणाम नआएको र ऋण फिर्ता गर्न नसक्ने अवस्था आएको उनले बताए । ‘पछि फेरि निकै कसिलो आयो । मौद्रीक नीति सन्तुलित भएन भएन हामीलाई फाइदा गर्दैन,’ महतले भने ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको