अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा र प्रदेशसभामा जस्तै समानुपातिकमा पनि एमालेले अग्रता बढाउँदै लगेको छ । उसले झण्डै एक लाख मतले अग्रता लिएको छ ।
समानुपातिकमा झण्डै ३० लाख मतगणना हुँदा एमालेले १० लाख ७२ हजार ५ सय ५७ मतसहित अग्रता लिएको छ । कांग्रेसले ९ लाख ९९ सय हजार २ सय ४५ मत पाएको छ ।
माओवादी केन्द्रले ४ लाख ४० हजार २ सय ८२ मत पाएको छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले ७६ हजार १ सय ६२ मत पाएको छ ।
फोरम नेपालपछि विवेकशील साझा पार्टी, राप्रपा, राजपा नेपाल, नयाँ शक्ति पार्टी, राजमो र राप्रपा प्रजातान्त्रिक रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस