Like us!
Follow us!
Connect us!
Watch us!

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

अर्थ संसार

बुधबार, २३ साउन २०८१, २१ : ०७ मा प्रकाशित

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।

इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ ।

बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ ।

इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ ।

इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको