Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा ४७४.३८% ले बढ्यो, कसरी बढ्यो नाफा?

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ०९ : ०६ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा ४७४.३८% ले बढ्यो, कसरी बढ्यो नाफा?

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले खुद नाफा ४७४.३८ प्रतिशत बढेको छ। असार मसान्त सम्म कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

कसरी बढ्यो नाफा ?

कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन गरिएकोले कम्पनीको नाफा बढेको देखिन्छ। कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनको नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ। 

प्रति सेयर आम्दानी बढ्यो 
कम्पनीको नाफा बढेसंगै प्रति सेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ९६ बल पैसा रहेको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। तर कम्पनीको कुल आम्दानी भने ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। 

चुक्ता पूँजी 
१ अर्ब २२ करोड रुपैयाँ

रिटेन्ड अर्निङ्ग
११ करोड ६० लाख रुपैयाँ

लगानी पुनर्मूल्याङ्कन जगेडा
६० करोड रुपैयाँ

प्रति सेयर नेटवर्थ
१५८ रुपैयाँ ९७ पैसा

मूल्य आम्दानी अनुपात
१३५.२७ गुणा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको