Like us!
Follow us!
Connect us!
Watch us!

सांसद सिंहको बोलीको असर: ४ कम्पनी कै मूल्यमा भारी गिरावट

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, २१ : ०३ मा प्रकाशित

सांसद सिंहको बोलीको असर: ४ कम्पनी कै मूल्यमा भारी गिरावट

सेयर बजारलाई निकै नै संवेदनशील मानिन्छ। स-साना कुराले पनि कुनै पनि कम्पनी र समग्र बजारलाई नै माथि तल बनाउन सक्छ। मंगलबारको बजारमा पनि सोमबार संसदमा सांसद डा. अमरेशकुमार सिंहले सेयरबजार र कम्पनी नै तोकेर विचार राखेपछि त्यसको असर देखिएको छ। सोमबार संसदमा बोल्दै सांसद डा. अमरेशकुमार सिंहले सेयरबजारमा इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिम रूपमा सेयरको मूल्य बढाइएको आरोप लगाएका थिए। 

सोमबार बोल्दै उनले बिना आधार सेयर बजार उकालो लागेको र आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र पुननिर्माथि छानबिन गर्नको लागि एउटा समिति गठन गर्नुपर्ने माग गरेका थिए। 

उनले सोमबार चार कम्पनीको नाम र त्यस कम्पनी चलाउने व्यक्ति भन्दै त्यस कम्पनीको मूल्य कृत्रिम रूपले बढाएको आरोप लगाए।  

डा. अमरेशकुमार सिंहले संसदमा नाम मै तोकेर बोलेपछि त्यी कम्पनीमा मंगलबार कस्तो असर गर्यो ? यस्तो छ रिपोर्ट कार्ड :

१.नेपाल फाइनान्स लिमिटेड
डा. अमरेशकुमार सिंहले लिएको नाम :
दिपेन्द्र अग्रवाल 
सोमबारको मूल्य: १९३८.६० 
मंगलबारको मूल्य:१७४४.८० 
कति प्रतिशतको गिरावट ? : १०%
एक दिनको मूल्य गिरावट :१९३.८० रुपैंया 

२.एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
डा. अमरेशकुमार सिंहले लिएको नाम : सन्दिप जलान  
सोमबारको मूल्य: १०९९
मंगलबारको मूल्य:९८९ .१० 
कति प्रतिशतको गिरावट ? : १०%
एक दिनको मूल्य गिरावट :१०९.९० रुपैंया 

३.सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड
डा. अमरेशकुमार सिंहले लिएको नाम : अनिल रुङ्ग्टा 
सोमबारको मूल्य: १९४८.१०
मंगलबारको मूल्य:१८२०
कति प्रतिशतको गिरावट ? : ६ ५८%
एक दिनको मूल्य गिरावट :१२८.१० रुपैंया 

४.हाथवे इन्भेष्टमेन्ट नेपाल
डा. अमरेशकुमार सिंहले लिएको नाम : अम्बिका पौडेल
सोमबारको मूल्य: १७८१
मंगलबारको मूल्य:१६०२.९० 
कति प्रतिशतको गिरावट ? : १० %
एक दिनको मूल्य गिरावट :१७८.१०  रुपैंया 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको