Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

अर्थ संसार

शनिबार, ०१ भदौ २०८१, १३ : ३२ मा प्रकाशित

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ ।

फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।

फिल्मले आगामी सोमबारसम्म २०० करोडको आँकडा पार गर्नसक्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको