Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको अन्तिम १० कित्ताको प्रहार, एकै कारोबारले घटायो ५७.९० रुपैंया

अर्थ संसार

सोमबार, १० भदौ २०८१, ०९ : ४७ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको अन्तिम १० कित्ताको प्रहार, एकै कारोबारले घटायो ५७.९० रुपैंया

बजारमा कारोबार गर्ने लगानीकर्ता र ट्रेडरहरूलाई बजारमा हुने अन्तिम कारोबार र अन्तिम कारोबार मूल्य निकै नै महत्वपूर्ण हुने गर्छ।

अन्तिम कारोबारले त्यस कम्पनीको बजार मूल्य र त्यस कम्पनीको मुभमेन्टको महत्त्वपूर्ण सूचकको रुपमा काम गर्ने हुन्छ। जस्तो कि अन्तिम कारोबार बढेको छ भने सामान्यत बढ्दो माग संकेत गर्छ भने अन्तिम कारोबार मूल्य घटिरहेको छ भने कम्पनीको घट्दो बिक्री दबाब भनेर बुझ्न सकिन्छ।

त्यसैले पनि नेपालको पुँजी बजारमा पनि अन्तिम मिनेटमा हुने कारोबारमा कारोबारीले आफ्नो कम्पनीको सेयरको मूल्य कि उठाएर बन्द गर्न प्रयास गर्ने गर्छन। जसका कारण अन्तिम मिनेटमा बजारको कारोबार भोल्युम बढ्ने गर्छ भने अन्तिम समयमा  ट्रेडर कारोबारले प्रयोग गर्ने औजार एमकेटीले बजारको मूल्यमा प्रभाव पार्ने गरेको छ।

त्यसको उदाहरण आइतबार कारोबारमा पनि देखिएको छ।

मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा अन्तिम सेकेन्डमा बढाउने र अन्तिम समयमा घटाउने खेल भएको देख्न सकिन्छ।

जसका कारण अन्तिम १० कित्ताको कारोबारले कम्पनीको मूल्य एक पटक ५७.९० रुपैयाँले घटेको छ।अन्तिम १० कित्ताको कारोबारले मात्र कम्पनीको मूल्य ७५५ बाट ६९७.१० मा झरेको देखिन्छ। 

यदि अन्तिम कारोबार ७५५ रुपैयाँमा भएको भए यस कार्य यस कम्पनीको मूल्य यस दिन बढेर बन्द हुन्थ्यो तर अन्तिम १० कित्ताको कारण यस कम्पनीको मूल्य घटेर बन्द भएको छ।

आइतबार यस कम्पनीको सुरुवाती कारोबार ७१५. ४० रुपैयाँमा भएको थियो भने अन्तिम कारोबार ६९७.१० पैसामा भयो जसका कारण कम्पनीको मूल्य ३२. ९० घटेको छ। 

अन्तिम १० कित्ता नभएको भए यस कम्पनीको मूल्य  बढेर बन्द हुने देखिन्छ। १० कित्ताको अन्तिम कारोबार नभएको भए यस कम्पनीको मूल्य ४० रुपैयाँ बढेर ७५५ मा बन्द हुने देखिन्छ। तर ,अन्तिम कारोबार ६९७. १० मा भयो जसका कारण कम्पनीको मूल्य ३२.९० घटेको छ। 

यस कम्पनीको आइतबार १ लाख ४५ हजार ८४१ कित्ता सेयर कारोबार भएको छ।  त्यस्तै अन्तिममा १० कित्ता प्रहार गर्ने १७ नम्बर ब्रोकरबाट ७ हजार ८७५ कित्ता सेयर बिक्री भएको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको