Like us!
Follow us!
Connect us!
Watch us!

रियलमीको डिलर्स मीट सम्पन्न

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : ५२ मा प्रकाशित

रियलमीको डिलर्स मीट सम्पन्न

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट  सफलतापूर्वक सम्पन्न गरेको छ । गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।

आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

डिलर्स मीटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, मुनिश गिरी ज्यूले भने, ‘हाम्रो छैठौं वार्षिकोत्सव एवम् वार्षिक डिलर्स मीटको अवसरमा यसरी भेटघाट हुन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । यहाँ उपस्थित हुनु भएका समस्त डिलर्सहरु, साझेदारहरू र फ्यानहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तपाईंहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हो र तपाईंहरुको उत्साह, विश्वास र लगनशीलताको प्रतिफल स्वरुप यो वर्ष हामीले उल्लेखनीय उपलब्धिहरु हासिल गरेका छौँ । साथै, हामीले भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएका छौं, र तपाईंहरुको निरन्तर सहयोगले हामी आगामी वर्षहरूमा अझ ठूलो उचाइमा पुग्नछौँ र नेपाली प्रविधिमा नयाँ आयाम थप्दै अझै प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ ।’

डिलर्स मिटको शुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरुका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको