Like us!
Follow us!
Connect us!
Watch us!

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ सुरु

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १२ : ४९ मा प्रकाशित

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ सुरु

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । नेपालीको महान् चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर ग्राहकको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहक  यो अफरमा सहभागी हुन सक्नेछन् ।

सहभागी हुनको लागि ग्राहकले www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ । ‘बडा दशैं, तिहारको बडा अफर’ योजना असोज १५ देखि कातिक गते२२ सम्म लागु हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको