Like us!
Follow us!
Connect us!
Watch us!

टानमा माओवादीनिकट पाण्डे विजयी

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०९ : २४ मा प्रकाशित

टानमा माओवादीनिकट पाण्डे विजयी

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) अध्यक्षमा मा माओवादी केन्द्र निकट सागर पाण्डे चयन भएका छन्।

कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। 

उनले प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मतमा चित्त बुझाए महासचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन्। उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई पराजित गरेका हुन्।

चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए। प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चय  भए। सदस्यमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।

पाण्डे निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन्। 

फेसबुकमा प्रचण्डले भनेका छन्–शुभ प्रभात। बिहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको