Like us!
Follow us!
Connect us!
Watch us!

चाडपर्वका लागि असोज पहिलो सातादेखि सहुलियत पसल खोल्ने तयारी

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०९ : ४३ मा प्रकाशित

चाडपर्वका लागि असोज पहिलो सातादेखि सहुलियत पसल खोल्ने तयारी

सरकारले दसैंतिहार, छठ लगायत चाडपर्वलक्षित सहुलियत पसल खोल्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत असोज पहिलो साता सहुलयित पसल सञ्चालन गरिने भएको हो। 

उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयले सहुलियत मूल्य पसल सञ्चालन गर्न निर्देशन दिइसकेको छ। यसका लागि तीन करोड बजेट पनि विनियोजन भएको छ। 

खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार देशभर ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएको छ। उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुने छन्। खाद्यले चामलमा प्रतिकेजी पाँच रुपैउाँ छुट गर्ने प्रस्ताव गरेको छ। 

साल्ट टे«डिङले सहुलियत पसलमार्फत नुन, चिनी खानेतेलमा छुट गर्ने भएको छ। नुन प्रतिकेजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिने गरी वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको