Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना फेरियो, सर्वसाधारण सेयरको हिस्सा कति?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०८ : ४१ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना फेरियो, सर्वसाधारण सेयरको हिस्सा कति?

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना हेरफेर भएको छ। कम्पनीले ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकी ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने गरी सेयर संरचना हेरफेर गरेको हो।

कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता संस्थापक समूह र २५ लाख ४३ हजार १ सय कित्ता सर्वसाधारण समूहको कायम भएको छ। 

यसअघि ४५ प्रतिशत अर्थात २३ लाख ३५ हजार ५०० कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर २५ लाख ४३ हजार १०० कित्ता पुगेको हो।

कम्पनीको हाल ५१ लाख ९० हजार कित्ता बराबरको ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको