ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपौयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस