Like us!
Follow us!
Connect us!
Watch us!

थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै

अर्थ संसार

बुधबार, ३० असोज २०८१, ०८ : ५५ मा प्रकाशित

थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै

चर्चित फुटबल प्रशिक्षक थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको र यसै साता उनको नाम सार्बजनिक गर्ने बताइएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको बताइएको छ ।

५१ बर्षिय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड जस्ता क्लबको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा चेल्सीले २०२०-२१ को च्याम्पियन्स लिग जितेको थियो । यस अघि टुचेल म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न सक्ने बताइएको थियो ।

टुचेल इङल्याण्डको प्रशिक्षक बन्ने पहिलो जर्मनी प्रशिक्षक हुन् । साथै उनी स्भेन गोरान इरिक्सन र फाबिओ कापेलोपछि तेस्रो विदेशी प्रशिक्षक पनि बन्दै छन् । उनले इङल्याण्डको प्रशिक्षकको रुपमा कहिलेदेखि शुरुवात गर्छन् भन्ने स्पष्ट भएको छैन ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको