इङ्गल्याण्डका हजारौं परिवारले यस महिनामा £१२० सम्म निःशुल्क नगद सहायता पाउने भएका छन्। जीवनयापनको बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले प्रदान गरेको हाउसहोल्ड सपोर्ट फन्ड (एचएसएफ) मार्फत यो सहयोग उपलब्ध गराइनेछ।
एचएसएफले स्थानीय काउन्सिलहरूलाई £४२१ मिलियन वितरण गरेको छ। स्थानीय काउन्सिलहरूले आफ्नो क्षेत्रका आवश्यकतामा परेका नागरिकहरूलाई नगद अनुदान, खाना कुपन, वा अन्य स्वरूपमा सहायता प्रदान गर्नेछन्। वोकिङ्घम बरो काउन्सिलले मात्रै £५००,००० रकम पाएको छ, जसले निःशुल्क विद्यालय भोजन पाउने बालबालिकाका परिवारहरू, वृद्ध नागरिकहरू, अपांगता भएका व्यक्तिहरू, हेरचाहमा रहेका व्यक्तिहरू, र अन्य आर्थिक समस्या झेलिरहेका परिवारहरूलाई सहायता प्रदान गर्नेछ।
सहायता पाउनका लागि योग्य नागरिकहरूले आफ्नो स्थानीय काउन्सिलसँग सम्पर्क गर्न वा काउन्सिलको वेबसाइटमा गएर जानकारी लिन सक्नेछन्। यस योजनाले विशेष गरी दैनिक जीवनयापनका लागि आवश्यक खर्च व्यवस्थापन गर्न कठिनाइ झेलिरहेका परिवारहरूलाई सहयोग पुर्याउने विश्वास गरिएको छ।
स्थानीय काउन्सिलहरूले सहायता वितरणको प्रक्रिया र मापदण्ड तोक्ने भएकाले योग्य व्यक्तिहरूलाई छिटोभन्दा छिटो सम्पर्क गर्न आग्रह गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस