Like us!
Follow us!
Connect us!
Watch us!

हस्तकला मेलाको थारु डेमा दर्शकहरुको चाप उच्च

मंगलबार, १४ मंसिर २०७३, १० : १२ मा प्रकाशित

हस्तकला मेलाको थारु डेमा दर्शकहरुको चाप उच्च

अर्थ संसार 

काठमाडौंं– नेपाल हस्तकला महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिरहेको १४ औं हस्तकला व्यापार मेलाको चौथो दिन करिब २८ हजार अवलोकनकर्ताले मेला भ्रमण गरेका छन् । यस दिन मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब १ करोड ४५ लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

मंसिर १० देखि सुरु भएको मेलाका ४ दिनमा करिब १ लाख २० हजार जनाले अवलोकन गरेको आयोजक समितिका संंयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा करिव ८ करोड रुपैयाँबराबरको कारोबार भएको अनुमान उनको छ ।

मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वासासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा सहभागित जनाएका छन् भने । यस्तै   चीन, ईरान, संयुक्त अरब ईमिरेटस र भुटानका आयातकर्ता ब्यवसायिक मिटिङमा सहभागी भएका छन् । मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व छ ।

विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले मेलाको चौथो दिन तराईबाट थारु संस्कृतिको पहिचान झल्किने प्रस्तुति, खाना र भेषभूषाको प्रदर्शन गरिएको छ । 

म्ोलामा मंगलबार संस्कृती पर्यटन सचिव शंकरप्रसाद अधिकारी, भारतका राजदुत रन्जीत रे, पूर्वमन्त्री बुद्धिरत्न बज्राचार्यलगायतका अवलोकन गरेका थिए । व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगितामा सहभागी तथा विजयीलाई समापन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । हस्तकला मेला मंगलबार सम्पन्न हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको