सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो दुई कारोबारको दिन भने बजारमा सकारात्मक संकेत देखिन थालेको हो । आज नेप्से परिसूचक २.६६ अंकले बढेर २,७८० को विन्दुमा बन्द भएको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस