नेपालको रङ उत्पादन क्षेत्रमा स्थापित नाम एभरेष्ट कलर लिमिटेड (उद्योग: खैरहनी-०३, चितवन) ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट आधिकारिक रूपमा नेपाल गुणस्तर प्रमाण-चिन्ह प्राप्त गरेको सहर्ष जानकारी गराउँदछ।
सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 प्रमाणित भइसकेको हाम्रो कम्पनीले देशको प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाण-चिन्ह समेत हासिल गरेसँगै नेपाली बजारमा उत्कृष्ट र भरपर्दो उत्पादन पस्कने आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।
विभागकी महानिर्देशक कुमारी ज्योती जोशीको हस्ताक्षरमा जारी इजाजत-पत्र अनुसार एभरेष्ट कलर लिमिटेडले मिति २०८३/०२/१८ देखि आफ्ना उत्पादनहरूमा आधिकारिक रूपमा 'NS' चिन्ह प्रयोग गर्न पाउने इजाजत पाएको हो। यो गुणस्तर चिन्ह कम्पनीका ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका प्याकिङ साइजहरूमा उपलब्ध निम्नलिखित विधा र ब्रान्डहरूमा प्रदान गरिएको छ:
१. इनामेल पेन्ट (NS 112): लोकप्रिय ब्रान्डहरू "JURELI" र "EVERLAC BRILLIANT GLOSS ENAMEL"।
२. प्लास्टिक इमल्सन पेन्ट (NS 141 - इन्टेरियर र एक्स्टेरियर): "BELL", "SAPPHIRE LUXURY", "DAISY PREMIUM", "EVERSHINE LASTING", "EVERGUARD PREMIUM", "EVERTOP SUPER PREMIUM", र "EVERSTAR PREMIUM"।
३. सिमेन्ट प्राइमर (NS 140): उत्कृष्ट फिनिसिङ दिने "D.T.S. PRIMER"।
४. उड प्राइमर (NS 205): काठको दीर्घकालीन सुरक्षाका लागि "ONE COAT WOOD PRIMER"।
'हामी आईएसओ (ISO) ९००१:२०१५ का साथै अब राष्ट्रिय स्तरको नेपाल गुणस्तर (NS) प्रमाणित कम्पनी बन्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ,' कम्पनीका म्यानेजिङ डाइरेक्टर सरोज लुइटेलले भनेका छन् । 'हाम्रो आधुनिक प्रयोगशाला, उत्कृष्ट कच्चा पदार्थको छनोट र कडा उत्पादन प्रक्रियाकै कारण हामीले यो सफलता प्राप्त गरेका हौँ। यो सम्मान हाम्रा सम्पूर्ण आदरणीय उपभोक्ता, हार्डवेयर व्यवसायी, पेन्टर मित्रहरू र इन्जिनियरहरूको अटुट विश्वासको जगमा सम्भव भएको हो र यसले हामीलाई भविष्यमा अझै उत्कृष्ट रङहरू उत्पादन गर्ने प्रेरणा दिएको छ।'
एभरेष्ट कलर लिमिटेड आफ्ना उत्पादनहरूको उच्च गुणस्तर र मापदण्डलाई सदैव निरन्तरता दिने र देशको आर्थिक समृद्धिका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहने प्रण गर्दछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस