Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, २० जेठ २०८३, १० : १५ मा प्रकाशित

हिमालयन पावर पार्टनरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी बसेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर जो कोही व्यक्ति, संस्था वा कम्पनी सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् । बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ भने असार ४ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।

त्यस्तो बोलपत्र फाराम नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायाणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवनचोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइन र बुझाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको