Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटनमन्त्री पाण्डे

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १४ : ४४ मा प्रकाशित

सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाइ लड्ने बताएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएपछि उनले कानूनी लडाइ लड्ने बताएका हुन् ।

केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए । उनले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताए । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको जानकारी दिए ।

यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताए । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग बुधवार कुरा गर्दै मन्त्री पाण्डेले इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानविन गर्न उनले आग्रह गरे ।

आफूबाट जानेर/नजानेर कुनै पनि कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने उनले घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताए । 

मन्त्री पाण्डेले भने ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु, सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस्,मबाट कुनै पनि खालको कमजोरी जानेर/नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हरदम जुनसुकैबखत पनि तयार छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको